काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। केहीबेर अघि पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म हुने पदयात्राको मिति तय गर्नेछ।
अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया