काठमाडौं । काठमाडौं महानगरमा प्लास्टिकका सामान बिक्री वितरण गर्न नपाइने भएको छ ।
महानगरले तिहार लक्षित गरेर प्लास्टिकका फूलमाला तथा सजावटका सामान बिक्री वितरणमा रोक लगाएको हो ।
साथै प्लास्टिकको फूलमाला किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौं महानगरले जनाएको छ । महानगरले त्यसका लागि महानगर प्रहरी नै खटाएको छ ।
त्यस्तै काठमाडौं महानगरले प्राकृतिक फूलहरूको प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया