पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर चिनियाँ जहाज पोखरा आइपुगेका छन् । चिनियाँ सेनाका दुई कार्गो जहाज राहत सामग्री लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
चिनियाँ राजदूत छन सोङले ती सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्री श्रेष्ठ केही समयअघि पोखरा आइसकेका छन् । यहाँबाट नेपाल एयरलाइन्सको जहाजबाट ती सामग्री कर्णाली लैजाने तयारी रहेको छ ।
चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया