काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।
यसअघि मंसिर २९ गतेदेखि पुस २ गतेसम्मका लागि महासमिति बैठक सारिएको थियो । त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्मका लागि मिति तोकिएकोमा भूकम्पका कारण सारिएको थियो ।
आज कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पुुनः महासमिति बैठक सार्ने निर्णय भएको कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार अब महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेछ ।
‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौं । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया