भूकम्प प्रभावितका लागि कांग्रेसले हस्तान्तरण गर्यो ५० लाखको चेक

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जाजरकोट–रुकुमपश्चिमका भूकम्प पीडितहरुको राहतका लागि ५० लाख उपलब्ध गराएको छ ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने रकम हस्तान्तरणका लागि देउवासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा प्रचारविभाग प्रमुख मीन विश्वकर्मा र मुख्यमचिव कृष्ण पौडेल समेत सहभागि रहेका थिए ।

यसअघि नै कांग्रेसको कार्यसम्पादन समितिको बैठकले भूकम्प पीडितको उद्धार तथा राहतका लागि ५० लाख दिने घोषणा गरेको थियो । साथै नेपाली कांग्रेसका संघीय संसदका सदस्यहरुको १५ दिन बराबरको तलब समेत उक्त राहत कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको छ ।

शुक्रबार राति भएको भूकम्पका प्रभावितहरुको राहतका लागि विभिन्न राजनीतिक दल तथा अन्य संस्था र व्यक्तिगत रुपमा समेत सहयोग आइरहेको छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेसँगै सोही अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?