काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रशारण हुने विभिन्न अश्लिल सामग्रीहरुमाथि निगरानी गर्ने भएको छ ।
टिकटकमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक र धार्मिक सद्भाव खल्बल्याउने लगायतका कामहरु बढिरहेको भन्दै सरकारले टिकटकमाथि निगरानी बढाएको हो ।
गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रशारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनी कारबाही गर्न साइबर ब्यूरो लगायत सरकारी निकाय र टिकटकको सिंगापुुर कार्यालयका प्रतिनिधिबीच छलफल समेत भएको छ ।
उक्त छलफलबाट टिकटकमार्फत् सामाजिक सदभाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया