काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।
आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २९, ३० र पुस १ र २ गते गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय भएकोमा समय अभावका कारण बैठक सारिएको कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।
जाजरकोट–रुकुम पश्चिम भूकम्पका कारण तिहार अघि कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको कांग्रेसले समय अभाव हुने भएपछि बैठक सार्ने निर्णय गरिएको उनले बताए ।
‘यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएकोमा भूकम्पका कारण त्यतातिर लाग्नुपर्ने भएकाले महासमिति बैठक सारिएको हो’ उनले भने, ‘आगामी मंसिर २९ र ३० तथा पुस १ र २ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा गर्ने निर्णय भएको छ ।’
त्यसैगरी आज बसेको बैठकले भूकम्प पीडितहरुको उद्धार र राहतका लागि यसअघि गरेको सहयोग अपुग भएमा थप सहयोगका प्याकेज ल्याउने निर्णय भएको बताए । राहत र उद्धारमा कुनै अनियमितता नहोस् भन्नका लागि कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति बनाउने निर्णय भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया