भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख राहत दिने मन्त्रिपरिषदको निर्णय

लोकपथ
35
Shares

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उक्त बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि गरेको उनले बताइन्।

यस्तै बैठकले भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?