काठमाडौं । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
भूकम्प प्रभावितहरुको रेस्क्यूको काम लगभग सकिएको र बाँकी उपचाररतहरुको उपचार निशुल्क गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बैठकपछि बोल्दै जानकारी दिए ।
घाइतेहरुको उपचारका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्री बस्नेतले बताए ।
त्यस्तै सरकारले उद्धार र राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने तयारी समेत सरकारले गरेको छ ।
विभिन्न संघसंस्था, राजनीतिक दल तथा अन्य व्यक्तिहरुले गरेको सहयोग संकलन गर्ने र सरकारी तबरबाट एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया