काठमाडौं । जाजरकोट र रुकुमपश्चिम लगायतका जिल्लामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ । मृतकमा ९९ महिला र ५८ पुरुष रहेका छन् ।
शनिबार अपराह्न ४ बजेको अध्यावधिक विवरणअनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
यस्तै जाजरकोट, रुकुम पश्चिम, दैलेख र जुम्लामा गरी कुल १६६ जना घाइते भएका छन् । घाइतेमध्ये ५५ जना डिस्चार्ज हुँदा १६१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया