काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की मेडिकल टिम बोकेर जाजरकोटका लागि प्रस्थान गरेकी छिन् ।
हामी हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित आफू जनरल सर्जन लगायत हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुसहित टोली लिएर भूकम्प प्रभावित जिल्ला जाजरकोटतिर लागेकी हुन् ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी डा.कार्कीले अन्य केही डाक्टरसहितको टोली त्यसतर्फ जान लागेको जानकारी गराएकी छिन् ।
साथै दुखको घडीमा राजनीति भन्दा माथि उठेर सहयोग गर्न समेत आग्रह गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित म जनरल सर्जन हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु सहित यहाँबाट नेपालगन्ज हुँदै सुर्खेत पुगी थप केहि डाक्टरहरु भेरीबाट जोडिनुहुन्छ र राहत सामान सहित
विशेषज्ञको समुह जाजरकोट जाँदैछौँ। केहि साथीहरु रोडबाट नै जानुभएको छ्र मेडिकल समाग्री सहित हामी त्यहिँ नै आकष्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौँ्र राहत व्यवस्थापनको लागी पनि ज जसले जाहाँबाट सहयोग गरिरहनुभएको छ। धन्यवाद्र यस्तो आपतको घडिमा हामी राजनिती भन्दा माथी उठेर एक जुट भई सबैले आआफ्नो विज्ञता, स्रोत साधनले सहयोग गरौँ्र ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया