अमेरिकी दूतावासले भन्यो– ‘पुनर्निमाणमा सघाउन अमेरिका तत्पर छ’

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

शनिबार दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेको हो ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले भूकम्पछिको पुर्ननिर्माणमा नेपाललाई अमेरीकाले सहयोग गर्ने जनाएको छ ।

दूतावासले लेखेको छ, ‘नेपालको जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?