गोताखोर अभ्यासका क्रममा डुंगा दुर्घटना, २ जना सशस्त्र प्रहरी घाइते

लोकपथ
42
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको गोताखोर अभ्यासका क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट )दुर्घटना हुँदा दुई जना  प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका प्रहरीलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?