काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबीच भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ। सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ ।
तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गरेर झरेपछि हात हालाहालको स्थिति सिर्जना भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले दुवै पाइलटको लाइसेन्स सस्पेन्समा राखेको जनाएको छ ।
यता तारा एयरले भने दुइै पाइलटबीच संस्थागत भन्दा पनि व्यक्तिगत विवादका कारण झगडा भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया