रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बनमा

लोकपथ
287
Shares

काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच हात हालाहाल भएको छ ।

तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गरेर झरेपछि हात हालाहालको स्थिति सिर्जना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले दुवै पाइलटको लाइसेन्स सस्पेन्समा राखेको जनाएको छ ।

यता तारा एयरले भने दुइै पाइलटबीच संस्थागत भन्दा पनि व्यक्तिगत विवादका कारण झगडा भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?