आत्मसमर्पणअघि के भनेका थिए रिगलले ?

लोकपथ
693
Shares

काठमाडौं । सर्वोच्च अदालतले आममाफी उल्ट्याइदिएपछि नेपालगञ्जका रिगलले सर्वोच्चको फैसलाप्रति सम्मान व्यक्त गर्ने बताएका छन् ।

सर्वोच्चले आममाफी उल्ट्याउँदै पक्राउ गर्ने परमादेशसँगै एक भिडियो सन्देश जारी गर्दै आफू आत्मसमर्पण गर्ने बताए ।

‘सम्मानीत अदालतले गरेको निर्णयप्रति सम्मान गर्र्दै कानुनमाथि फेरि पनि विश्वास राख्दै मैले फेरि पनि भोलि न्याय पाउनेछु भन्ने आशै गर्र्दै म आफूलाई कानुनसम्मत आत्मसमर्पण गर्न जाँदैछु । त्यसो हुनाले मलाई लागेको दोषहरु पछि के हुन्छ कसो हुन्छ त्यो पछि छानबिन होला । तर आज जुन निर्णय भयो सर्वोच्च अदालतको फुल बेन्चले आफूलाई आत्मसमर्पण गर्नलाई अब जाँदैछु ।’ उनले भनेका छन्, ‘जुुन २०७२ सालमा मलाई दोष लागेर हिजोको दिनमा पनि मैले आत्मसमर्पण गरेर एउटा कानुनप्रति विश्वास राखेर, अदालतमा जिल्ला अदालतमा आत्मसमर्पण गरेको थिएँ । आज पनि फेरि त्यही अनुसार आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय बाँके जाँदैछु । र म कानुनमाथि पूर्ण विश्वास राख्दछु ।’

बिहीबार सर्वोच्चका कायमुकायम प्रधानन्यायाधीश ईश्वर खतिवडासहित न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले उनको आममाफी बदर गर्दै उनलाई पक्राउ गर्न परमादेश दिएको थियो । २०७२ सालमा नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ जेल जीवन बिताइरहेका थिए । ८ वर्ष जेल सजाय काटेका उनले अझै ११ वर्ष, ११ महिना ५ दिन जेलमा बस्नुपर्नेछ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । राष्ट्रपतिको आममाफीविरुद्ध चेतन पत्नी भारती मानन्धरले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?