काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा २ बमोजिम संसदको अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्ति अनुसार आज राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य हुनेछ ।
२०८० साल वैशाख २४ गतेबाट संसदको दोस्रो अधिवेशन शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया