सर्वोच्चको परमादेश : अब आममाफी दिँदा पीडित पक्षसँग सल्लाह लिनुपर्ने (पूर्णपाठ)

लोकपथ
385
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गर्दै पुुनः पक्राउ गर्ने आदेश दिएको छ ।

आज सर्वोच्चले उनको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको हो ।

मंगलबार र बुधबार सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।
२०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरमाथि रिगलले खुडा प्रहार गरी हत्या गरेका थिए । चेतनको हत्या अभियोगमा सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

राष्ट्रपतिले आममाफी दिएसँगै चेतनकी पत्नी भारती मानन्धरले रिगलको आममाफीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । जन्मकैदको सयाज भोगिरहेको व्यक्तिलाई आम माफी दिइएको भन्दै राष्ट्रपतिको भूमिकामाथि नै सर्वोच्चले जन्मकैद पाएको व्यक्तिलाई आममाफी दिँदा पीडित पक्षसँग राय लिएर मात्र आममाफी दिन परमादेश समेत दिएको छ ।

कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजको अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुर समेत लिइ सजाय कम गर्ने वा घटाउने, छुट दिने आदेश समेत दिएको हो ।

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?