एमालेको चुनौती : ‘सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेश गरोस्’

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले फागुन १ गते जनयुुद्द दिवसमा बिदा दिने प्रस्ताव संसदमा पेश गर्न सरकारलाई चुनौती दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद पौडेलले फागुन १ गते हिंसाको शुरु भएको दिनलाई उत्सवको रुपमा मनाउन नहुने समेत टिप्पणी गरे । साथै सो दिन बिदा दिने र दिवस मनाउने विषय संसदमा पेश गर्ने भएमा त्यसको निर्णय जनताका प्रतिनिधिहरुले निर्णय गर्ने बताए ।

‘यदी यो सरकारलाई फागुुन १ गते युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ । उसलाई यो युद्ध दिवस ठिक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहान्छु, सरकारले फागुुन १ गते युद्द दिवस मनाउनुपर्छ भन्ने प्रश्ताव यो सदनमा पेश गरेर पारित गर्ने आँट गरोस् । यो आँट छ सरकारसँग ? यो सदन समक्ष फागुन १ गते युुद्द दिवस मनाउनुुपर्छ, फागुन १ गते बिदा गर्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुुत गरोस् नेपाली जनताका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन् ।’ उनले भने ।
त्यस्तै नेपाली कांग्रेस पनि जनयुद्द दिवसलाई मानेर संवाद, सहमति र सहकार्यको लागि अघि बढेको तर्क गरे ।

त्यस्तै प्रधानमन्त्री विदेशमा गए पनि कार्यबाहक प्रधानमन्त्रीले अन्य कामकारबाही सञ्चालन गर्न सक्नेमा सरकारले नै दवाब दिएर संसद बैठक नै स्थगित गरेको बताए ।

‘प्रधानमन्त्रीज्यू विदेश भ्रमणमा जानुभयो । स्वभाविक छ प्रधानमन्त्री विदेश भ्रमणमा जानुपर्दछ । त्यसलाई हामीले बुझेको विषय हो । प्रधानमन्त्री विदेशमा गए पनि मुुलुकमा कार्यवाहक प्रधानमन्त्री हुन्छ । मुलुुकको दैनिक शासन प्रशासनका कामहरु, मुलुकका नियमित कामहरु कारबाहीहरु रोकिँदैनन् । तर यहाँ के गरियो भने, प्रधानमन्त्री देशमा नभएको कारणले, प्रधानमन्त्री विदेशमा गएको भनेर सदन स्थगित गरियो । सदन स्थगित गर्नका निम्ति सरकारले दबाव नै दियो । यो खालको असंगत अभ्यास पनि यहाँ गरियो ।’ उनले भने ।

त्यस्तै सरकारले राम्रो काम गरेको भनेर चर्चा गरे पनि देशको वास्तविक अवस्था त्यस्तो नभएको टिप्पणी गरे । सरकारले संवाद, सहमति र सहकार्यको परिभाषा दिइरहे पनि सरकारले प्रमुख प्रतिपक्षी दललाई बोल्न नदिएको आरोप लगाए । साथै सरकारले प्रतिपक्षीको कुुरा नसुनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?