काठमाडाैं । कपिलवस्तुमा ३ लाख रुपैयाँ बराबरको पटाका बरामद गरिएको छ । मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेको करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको हो ।
उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया