काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संसदमा मौनधारण गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा उठेर मौनधारण गरेका हुन् ।
शुन्य समयमा सभामुख देवराज घिमिरेले उनलाई बोल्नका लागि समय दिएका थिए । तर उनले उठेर मौनधारण गरेका थिए । बिचमा सभामुख घिमिरेले बोल्नका लागि समय दिएको जानकारी गराए तर उनी नबोली मौनधारण गरे ।
उनी मौनधारण गरिरहँदा उनको दल नेपाली कांग्रेसका केही सांसदहरुले समर्थन गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समर्थनस्वरुप तालि पिटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया