एमालेको चियापानमा प्रधानमन्त्री, एकीकृत समाजवादीबाट को-को गए ?

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको चियापानमा पुगेका छन् ।

एमाले मुख्यालय च्यासलमा केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु पनि च्यासलमा जाने क्रम जारी रहेको छ ।

त्यसो त एमालेसँग कटुतापूर्ण सम्बन्ध रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु समेत चियापानमा सहभागि भएका छन् ।

एमालेको चियापानमा खनालसहित एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसहितका नेताहरु पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?