काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा बंगलादेशकी डा. साइमा वाजेद निर्वाचित भएकी छिन् ।
आज नयाँ दिल्लीमा भएको निर्वाचनमा वाजेद निर्वाचित भएकी हुन् ।
निर्वाचनमा मनेपाली उमेदवार डा. शम्भुप्रसाद आचार्य बंगलादेशकी उमेदवारवाजेदसँग पराजित भएका हुन् ।
आजको निर्वाचन परिणामसँगै बंगलादेशकी साइमा वाजेद दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत भएकी छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रको लागि डब्लूएचओ क्षेत्रीय समितिको ७६औँ सत्रको बन्द बैठकमा सदस्य राष्ट्रहरूले वाजेदको पक्षमा मतदान गरेका हुन् ।
बुधबार नयाँदिल्लीमा भएको मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेले भाग लिएका थिए । म्यानमार मतदानमा सहभागी भएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया