काठमाडौं । चेतन मानन्धरको हत्या अभियोग लागेका योगराज ढकाल रिगलको आममाफीविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।
मंगलबारबाट सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको पूर्ण इजलासमा जारी रहेको उक्त मुद्दाको सुनुवाई आज पनि हुन लागेको हो ।
यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
२०७२ सालमा नेपालगञ्जका योगराज ढकाल रिगलले नेपालगञ्जकै चेतन मानन्धरलाई खुँडा प्रहार गरि हत्या गरेका थिए । सर्वस्वसहित जेलजीवन भोगिरहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसको विरुद्ध भारती सर्वोच्च पुगेकी थिइन् ।
मंगलबार सरकारी पक्षको तर्फबाट महान्यायाधीवक्तासहित २ सहन्यायाधीवक्ताले बहस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया