काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले हाल संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।
सम्बोधनका क्रममा बोल्दै महासचिव गुटेरेसले नेपालको सौन्दर्यताको बयान गरेका छन् । नेपालको संस्कृति, सभ्यता र जीवनशैलीले आफू प्रभावित हुनेगरेको बताए ।
उनले नेपालले गरेको आतिथ्यले आफू प्रफूल्ल भएको बताएका छन् । उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे । उनले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीहरुप्रति सम्वेदना समेत व्यक्त गरेका छन् ।
उनी सन् १९७८ मा पहिलो पटक नेपालमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया