पत्रकार सम्मेलनमै भारती मानन्धर बेहोस

लोकपथ
105
Shares

काठमाडौं । आफ्नो पति चेतन मानन्धरको न्यायको माग गर्दै अनसनमा बसेकी भारती मानन्धर बेहोस भएकी छिन् ।

सोमबार दिउँसो रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा नै उनी बेहोस भएपछि अस्पताल लगिएको हो ।

योगराज ढकाल भनिने रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आम माफी दिएपछि त्यसको विरोधमा भारती उत्रिएकी थिइन् । दशैँ लगत्तै उनले आइतबारबाट अनसन शुरु गरेकी थिइन् ।

२०७२ सालमा उनका पति चेतन मानन्धरलाई रिगलले नेपालगञ्जमा खुँडा प्रहार गरी हत्या गरेका थिए । चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?