राष्ट्र संघका महासचिव गुटरेसले आज सगरमाथा क्षेत्रको अवलोकन गर्दै

लोकपथ
28
Shares

काठमाडौं । संयुुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस आज सगरमाथा क्षेत्रको अवलोकनमा जाँदैछन् ।

आज दिँउसो पोखराबाट गुटरेस सगरमाथा क्षेत्रको अवलोकनमा जाने र जलवायु परिवर्तनका विषय समेत कुराकानी गर्ने बताइएको छ । साथै उनले अन्नपूर्ण आधारशिविर लगायत क्षेत्रको समेत भ्रमण गर्नेछन् ।

चारदिने औपचारिक नेपाल भ्रमणमा आइतबार राति १ बजे महासचिव गुटरेस नेपाल आइपुगेका हुन् । उनले आइतबार नै प्रधानमन्त्री लगायत अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिसकेका छन् भने मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?