संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस सिंहदरबारमा, प्रधानमन्त्रीसहित कोकोसँग भेट्दैछन् ?

लोकपथ
49
Shares

काठमाडौं । संयुुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेस सिंहदरबारमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसहितका अन्य उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यसूची रहेको छ ।

No description available.

उनले परराष्ट्रमन्त्री साउदलाई यतिबेला भेटघाट गरिरहेका छन् भने आजै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने कार्यसूची रहेको थियो तर मंगलबार मात्र भेटघाट हुने भएको हो ।

त्यस्तै गुटरेसले आजै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटघाट गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गर्ने कार्यसूची रहेको छ । चारदिने नेपाल भ्रमणका लागि गुटरेस गएराति नेपाल आइपुगेका हुन् ।

भेटघाटसहित नेपालका हिमाली जिल्लाको समेत घुमघाम गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?