काठमाडाैं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल आइपुगेको छ ।
बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव आज नेपाल आइपुगेको हो । फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव काठमाडौं ल्याइएको हो ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ भने ५ जनाको शव अझै नेपाल आउन बाँकी रहेको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया