काठमाडौं । बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो ।
बैद्य् अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ ।
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ । कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ । जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन् ।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २।९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ ।
न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा हामीले भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरण पाएका छौं । यसलाई हामीले बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिएका छौं ।
हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ । त्यसले हाम्रा उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने छ । त्यसमा एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।
बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए ।
आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भन्छन्, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ । एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं । कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं ।’
‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं । हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ । त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं । साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं सीईओ बैद्यले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया