सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड गज्जबको मिठो बजारमा

लोकपथ
42
Shares

काठमाडौं । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा. लिले नयाँ ब्राण्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ ।

कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलता पछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।

कम्पनिका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनिले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि पनि कम्पनिको दावी छ ।

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा. लिले आफ्नो फ्ल्यागसिप ब्राण्ड गज्जबको बजारमा ल्याई आफ्नो उद्यम सुरु गरेको छ र भविष्यमा यसको ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?