काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छालाजस्तो आखेटोपहार जस्तो एक थानसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय बिनोद कालिकोटे, धादिङका २८ वर्षीय उमेश दुधराज र २० को प्रेम बहादुर विक तथा रामेछापका ३४ वर्षीय दलबहादुर आलेमगर रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलीले उनीहरुलाई ललितपुर म।न।पा।१५ बोधिग्राम टोलबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया