मनकामना केबलकार दुई दिन बन्द हुने

लोकपथ
266
Shares

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।

यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टु।रेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?