प्रधानमन्त्री केपी ओली डिस्चार्ज भए

काठमाडौं– उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ डिस्चार्ज भएका छन् ।
ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य परीक्षणपछिको रिपोर्टमा कुनै खराबी नदेखिएकाले चिकित्सकले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 उनका अनुसार प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका क्रममा  बिहान १० बजे गएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण डा.अरुण सायमीको संयोजकत्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?