काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित सेवाको अवसरमा आफ्नो ऐतिहासिक २० औं वार्षिकोत्सव मनाएको छ ।
सन् २००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्धमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्धमी सहित शुरु भएको नेपाली युवा उद्धमी मञ्च २० औ वार्षिक उत्सव मनाउना पाउदा गर्व महसुस गरेको जनाएको छ ।
मञ्चले निरन्तर रूपमा देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्दै आइरेहेको छ । नेपाली युवा उद्यमी मञ्चले उद्धमीहरुलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ ।
नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले यस महत्वपूर्ण अवसरको लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘हाम्रो २० औं वार्षिकोत्सवको यो उल्लेखनीय यात्रा, यसमा सहभागी भएका हाम्रा सदस्यहरू, साझेदारहरू र समर्थकहरूको अटल समर्पण र प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रो अनुभवबाट नेपाली युवाउद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर छौं ।’
मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा, नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीहरूलाई प्रेरित गर्ने, शिक्षित गर्ने र समर्थन गर्ने आफ्नो मिशनमा अडिग रहने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया