पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्यो : ख्रीष्टियन महासंघ

लोकपथ
343
Shares

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आर्थिक र गलत मान्छेहरुको प्रभावमा परेर ‘कान्तिपुर’ ले अध्यक्ष सि.बी.गहतराजले चरित्र हत्या गरेकोमा आपत्ति जनाएका छन् ।

सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पत्रिका र चरित्रहत्या गर्ने व्यक्तिहरु नसिच्चिए कानुनी बाटो रोज्ने महासंघले चेतावनीसमेत दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले गत असोज ६ गते कान्तिपुर दैनिकले आफूलाई महासंघ अध्यक्षबाट पदमुक्त गरिएको भन्ने सूचना प्रकाशित गरेको र त्यो गैरकानुनी र गैरन्यायिक भएको भन्दै आपत्ति जनाए ।

पैसाको लागि कान्तिपुरले सूचना प्रकाशित गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै अध्यक्ष गहतराजले भने, ‘कान्तिपुरलाई कति पैसा चाहियो म दिन्छु कैलाश सिरोहियालाई कान्तिपुरबाट हटाइएको छ भनेर । के यो छाप्नु हुन्छ? पैसाको लागि कसैको चरित्र हत्या गर्न मिल्छ ?’

संस्थाले हितविपरीत कार्य गरेकोले उद्धव प्रसाद चिमौरियालगायतलाई महासंघबाट हटाएको जानकारी दिँदै अध्यक्ष गहतराजले त्यही झोकमा गलत सूचना प्रकाशित गर्न लगाएको बताए । संस्थाको बदनाम समेत गर्ने कार्य नरोकिए आफू कानुनी बाटो रोज्न बाध्य हुने उनले चेतावनी दिए ।

अर्को प्रसंगमा अध्यक्ष गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धिको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनुपर्ने धारणा राखे ।

‘सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेका छौं, एक अर्काको धार्मिक आस्थाप्रति सम्मान गर्ने नेपाली संस्कृति हो । तर, अहिले देशमा धार्मिक द्वन्द्व सिर्जना गरी देशमा अस्थिरता निम्त्याउन खोजिएको छ । यसमा सबै सर्तक रहनुपर्छ’ अध्यक्ष गहतराजले भने ।

महासंघ उपाध्यक्ष तुलसीप्रसाद श्रेष्ठले देशमा धर्म निरपेक्षता, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न विभिन्न व्यक्ति तथा समुदायहरु उद्दत रहेको बेला क्रिष्टयन समुदाय भित्रकै मानिसहरु क्रिष्टीयन मूल्य मान्यताविरुद्ध लाग्नु दुःखद भएको धारणा राखे ।

कार्यक्रममा नेपाल प्रेरहाउस मिनिस्ट्री अध्यक्ष रेभरेन एल.एम जेम्स आलेले सम्पूर्ण क्रिष्चीयनहरु एक हुनु पर्नेबेला महासंघका प्रभावशाली नेतृत्व गहतराजको चरित्र हत्या गर्नु घृणित कार्य भएको धारणा राखे ।

महासंघका महासचिव अनिल राईले प्रेस वक्तव्य वाचन गर्दै कृस्चियन मूल्य र मान्यता विपरित जानो र नेपाली समुदायमा फूट पैदा गर्ने गलत व्यक्तिहरुलाई कानुनको कठघरमा उभ्याएर पाठ सिकाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?