चिनी उद्योग र उखु किसानका समस्या छिटोभन्दा छिटो समाधान गर्ने सांसद श्रेष्ठको प्रतिवद्धता

लोकपथ
217
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठले (किसान) चिनी उद्योग र उखु किसानका समस्या छिटोभन्दा छिटो समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बाराका उखु किसान र उखु उत्पादक संघका पदाधिकारीहरुसँग भेट गर्दै चिनी उद्योग र उखु किसान समस्या समाधान उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले उक्त प्रतिवद्धता गरेका हुन् ।

उक्त छलफलमा उपसमितिका सभापति अब्दुल खाँन, उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्रप्रसाद कुशवाह, नन्द लाल कुशवाहा, रामविश्वास कुशवाहा, गोरखप्रसाद यादव, राकेश प्रसाद कुशवाहा, ओली महमद मिया, मुकेश प्रसाद कुशवाहा, राजालाप्रसाद साह, राजेश्वरप्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा छिटोभन्दा छिटो किसानहरुको पैसा उपलब्ध गराउन आफूले समन्वय गर्नेसमेत श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?