पर्यटन मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रवारमात्र गरिने

पोखरा । बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तयेष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ । 

मन्त्रीअधिकारीको शव शुक्रवार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रघाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । 

पोखरा ३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका अधिकारी कास्की क्षेत्र नं. २ बाट संघीय संसदका लागि निर्वाचित भएका थिए । 

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्ज लगिनेछ । 

त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने छ । 

गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलिका खुलामञ्चमा लगिनेछ ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधवार निर्णय गरिसकेको छ ।

बिहीवार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको स्वकीय सचिव आचार्यले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?