WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १५ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।
1.पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु: पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको छ । बुधवार ताप्लेजुङमा भएको दुर्घटना हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
2.क्याप्टेन केसीको अन्तिम वाक्य, ‘म हेलिकप्टर उडाउन सक्दिन’: दुर्घटनाग्रस्त हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले हिउँ परिरहेका कारण हेलिकप्टर उडाउन नसक्ने बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरमा ११ः४३ बजे आफूले पाथीभर क्षेत्रमा रहेको जानकारी गराएका थिए ।
3.पर्यटनमन्त्री अधिकारीका बुबाआमा काठमाडौंमा: ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । आफ्नो छोराको दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी अधिकारी र बुबा इन्द्र अधिकारीलाई काठमाडौं ल्याइएको हो ।
4.पर्यटनमन्त्री सवार हेलिकप्टर उडेको एक मिनेटमै दुर्घटना, यस्तो रहेछ कारण: संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकार सवार हेलिकप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताइएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको हो ।
5.हेलिकप्टर दुर्घटनास्थलमा देखिएका क्षतविक्षत लाश ! (फोटोफिचर) : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ६ मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीसहित मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
6.प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक, यस्तो छ कारण: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनाको खबर बाहिर आएसँगै उनले प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक डाकेका हुन् ।
7.चरित्र हत्या गर्ने प्रयास भएको मेयर दहालको दाबी, आरोप प्रमाणीत गर्न उपमेयरलाई चुनौती: भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख विचको विवाद उत्र्कषमा पुगेको छ । काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर आफ्नो आक्रोश व्यक्त गरेकी उपप्रमुख पार्वती शाहको आरोप प्रमुख मेयर रेनु दाहालले नियमित पत्रकार सम्मेलन गर्दै जवाफ दिएकी छिन् ।
8.भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटना, पाइलटको मृत्यु: भारतीय वायुसेनाको विमान काश्मिरमा दुर्घटना भएको छ भने एक पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । भारतीय वायुसेनाको एउटा लडाकु विमान मिग २१ काश्मिरमा दुर्घटना भएको हो ।
9.पाकिस्तामा जलाइयो भारतको झण्डा: पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेको थियो । भारतले आफ्नो भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका हुन् । भारतले पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई अक्रमण गरेपछि दुई देशबीच तनाव सिर्जना भएको छ । नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् ।
10.नेपालभित्र धर्म परिवर्तन गर्ने अभ्यास राज्यले रोक्नुपर्छ-गगन थापा: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेन्द्रीय सदस्य गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा धर्म परितवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उनको निजी कुरा भएपनि धर्म परिवर्तन गर्ने अभ्यास भने रोक्नुपर्ने बताएका हुन् ।
11.मानवअधिकार उल्लंघनका घटनामा सरकारले आममाफी नदिने: परराष्ट्रमन्त्री ज्ञवाली: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सशस्त्र युद्धका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा सरकारले आममाफी नदिने बताएका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ४० औँ सभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीले सो कुरा बताएका हुन् ।
12. ताप्लेजुङबाट राप्रपाको राष्ट्रिय स्वाभिमान मेची महाकाली अभियान शुरु: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा गर्दैछ । धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको माग गर्दै आज (मंगलवार) बिहान १० बजेदेखि राप्रपाले राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा शुरु गरेको हो ।
13. सुनको मूल्य घट्यो: बुधवार सुनको मूल्य तोलामा दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।
14. महिला विश्वकप क्रिकेट छनोट -अन्तिम खेलमा नेपालद्वारा कुवेत ३० रनले पराजित: ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । बैंककस्थित एशियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा बुधवार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो ।
15. इंग्लिस प्रिमियर लिग- लेस्टर सिटी र न्युक्यासल विजयी: इंग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त लेस्टर सिटी विजयी भएको छ । मंगलवार राति सम्पन्न भएको २८ औँ चरणको खेलमा लेस्टर सिटीले ब्राइटटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । लेस्टर सिटीको जितमा खेलको १० औँ मिनेटमा ग्रे र ६३ औँ मिनेटमा भार्डिले समान एक-एक गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया