काठमाडौं । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकार सवार हेलिकप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताइएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको हो ।
विमानस्थलका प्रवक्ता तिवारीले भने, ‘हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको छ ।’
साथै उनले भने, ‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।’
बुधवार दिउँसो १२ः४५ बजे हेलिकप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्कमा हेलिकप्टर उड्न सक्ने अवस्था नरहेको जानकारी दिएका थिए ।
पाइलट केसीले भनेका थिए, ‘यता मौसम खराब छ । हिउँ परिरहेको छ । म हेलिकप्टर उडान सक्दिन ।’ उनको यही वाक्य अन्तिम वाक्य हुन पुग्यो ।
तर, त्यस लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । विमानस्थलका प्रवक्ता तिवारीका अनुसार हेलिकप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।
हेलिकोप्टर ११ः४५ मा पाथीभरा पुगेको थियो ।
हेलिकप्टर दुर्घटनामा क्याप्टेन प्रभाकर केसी, मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र प्रधानमन्त्री कार्यालयमै कार्यरत अर्जुनकुमार घिमिरेको मृत्यु भएको छ । उनीहरुको शव संकलनको काम सकिएको विमानस्थलका प्रवक्ता तिवारी जानकारी दिए ।
यसैगरी हेलिकप्टरमा आगो लाग्दै खसेको स्थानीय विद्यालयका विद्यार्थीहरुले देखेका थिए । स्थानिय शिक्षकले करिब १ः३० बजे प्रहरीलाई खबर गरेकामा सिडियोसहित प्रहरीको टोली ३ः१५ बजे घटनास्थल पुगेको थियो ।
यसैबीच प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मित बैठक बोलाएको थियो ।
कल साइन एएमआई (अल्फा माइक इन्डिना) कल साइन भएको उक्त हेलिकप्ट काठमाडौंबाट बुधवार बिहान ८ः३० बजे उडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया