काठमाडौं । बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ७ जना सवार थिए । मन्त्री अधिकारीको अनुहारको केही भाग नजलेकाले शव पहिचान गरिएको छ भने बाँकी ५ वटा लास क्षतविक्षत अवस्थामा रहेको स्थानीयवासी रतन कार्कीले जानकारी दिएका छन् ।
कार्कीले बताएअनुसार घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीद्वारा शव सङ्कलन भइरहेको छ ।
बुधवार देशैभरको मौसम असामान्य रहेकोमा उनी सहभागी भएको कार्यक्रमका सहभागीले खराब मौसम भएकोले उनलाई हेलिकोप्टरमा नजान अनुरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया