भारत पाकिस्तानबीच बढ्दो तनावः नेपालको उडान प्रभावित, टर्किस एयरलाइन्स विमानस्थलमै रोकियो

काठमाडौं । भारत पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंको उडान प्रभावित भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको हो । नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको छ । 

पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लागाएको छ । पाकिस्तानको रोकसँगै नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो । 
पाकिस्तानले आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि टर्किस एयरलाइन्स अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको हो । 

यो यसैगरी कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने भएको छ । 

त्रिभुवन विमानस्थल स्रोतका अनुसार पाकिस्तानले आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि कतार एयरलाइनसको उडान समेत प्रभावित हुने भएको हो । 

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउने तयारी भइरहेको बताए । 

पाकिस्तानले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?