राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको कमल थापाकाे दाबी

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताएका छन् ।

‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको उद्देश्य रहेको बताए ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन गर्नुपर्नेमा जोड दिए । पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन हुने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?