नख्खु बम विस्फोटका मुख्य योजनाकार प्रहरीले समात्यो

काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बमकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक नेतालाई मंगबलार  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका सूर्य भुजेल (गोविन्द) रहेका छन् । उनी विप्लवको पूर्व अंगरक्षक समेत हुन् ।  हाल भने उनी विप्लव पार्टीको युवा दस्तामा कार्यरत छन् ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । प्रहरीले बम विस्फोटमा उनकै मुख्य भूमिका रहेको दाबी गरेको छ।  
महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।

शुक्रबार भएको बम विस्फोटमा १ जनाको ज्यान गएको थियो भने अरु २ जना घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?