आगो लगाएर ज्यूँदै हत्या

सप्तरी । सप्तरीमा ज्यूँदै आगो लगाएर हत्या गरिएको छ । 

एक बृद्ध दम्पतिको हत्या आगो लगाएर गरिएको हो । 

खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीको भनाई छ ।  

मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

हत्याको कारण भने खुल्न सकेको छैन् ।  घटनाको थप अनुसन्धान प्रहरीले शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?