९० करोडको अनियमितता लुकाउन पाठकलाई घूस ! भयो नयाँ खुलासा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियमविपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’ मा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भुक्तानी २३ करोड १० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाखसमेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमिता देखिएको हो । कान्तिपुर दैनिका खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?