काठमाडौं– नेपालमा तिब्बती शरणार्थीको संख्या १४ हजार पुगेको छ । गृह मन्त्रालयले हाल १४ हजार तिब्बती शरणार्थी रहेको जानकारी दिँदै उनीहरू सबैको विवरणलाई सफ्टवेयर बनाएर डिजिटाइज्ड गरिएको जानकारी दिएको छ ।
विवरण व्यवस्थित गरी सबै तिव्बती शरणार्थीलाई विशेष निगरानीमा राखिएको गृहले जानकारी दिएको छ । गृहका अनुसार पछिल्ला वर्षमा तिब्बती शरणार्थीको संख्या बढेको छ । गृहका एक अधिकारीका अनुसार विगतका सरकारले तिब्बती शरणार्थीप्रति लचिलो नीति लिएका कारण पछिल्ला केही वर्षयता तिब्बती शरणार्थीको संख्या बढेको हो । तर, नेकपा नेतृत्वको बहुमतको सरकारले भने तिब्बती शरणार्थी आउने क्रममा कडाइ गर्न थालेको स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया