भदौ १५ देखि नेपालमै पहिलो पटक ‘फुड कुकिङ’ सम्बन्धी रियलिटी टीभी शो

लोकपथ
105
Shares

काठमाडौं । नेपालमै पहिलो पटक फुड कुकिङ सम्बन्धी रियलिटी टीभी शो आयोजना हुने भएको छ । सेफ नेपाल, फुड रियलिटी टीभी शो नाम दिइएको कार्यक्रम भदौ १५ गते प्रिमियर हुने जनाइएको छ ।

कान्तिपुर टीभीमा राति ९ बजे प्रसारण हुने कार्यक्रममा नेपालको पाक सम्पदालाई उजागर गर्नुका साथै भान्सामा पर्दा पछाडि काम गर्ने प्रतिभाशाली व्यक्तित्व खोजी गर्ने निर्माण पक्षको भनाइ छ ।

आकर्षक कथा, प्रतिभाशाली कलाकार, भावनात्मक गहिराइ लगायतलाई कार्यक्रमको मुख्य आकर्षण बनाइने पनि निर्माण पक्षले जनाएको छ ।

बीबीसी मास्टरसेफ प्रोफेसनल २०२० को उपविजेता र बीबीसी मास्टरसेफ प्रोफेसनल रिम्याच २०२१ का विजेता शेफ सन्तोष शाह, विशेषज्ञ शेफ गणेश बहादुर ढकाल र भान्से लक्ष्मण प्रसाद भण्डारी निर्णायकको रूपमा रहने कार्यक्रममा कहिलेकाहीँ चर्चित व्यक्तित्वहरू पनि समावेश हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?