काठमाडौं । प्रहरीले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, युवराज राई, अछामका अर्जुन बुढा, सागर आचार्य र पार्वती नेपाली रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार राजधानीको थानकोटबाट पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रुपैयाँ बरामद भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा थप रकम र कारोबारलाई प्रहरीले नियन्त्रधणमा लिएको हो ।
कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया