माओवादी केन्द्रले केन्द्रीय समिति बैठकका लागि एजेण्डा तयार पार्दै

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको उक्त बैठक यही साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बसेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनले भने,‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म पाँच दिन बाहिर जान्छु । केन्द्रीय समिति बैठक हुँदै छ । यो १७ गतेको बैठकको प्रारम्भीक एजेण्डा तपाईहरु तयार गर्नुहोस् भन्नुभएको थियो त्यसैको बैठक बसेको हो आज । ’

पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार ४ बजे फेरि शीर्ष नेताहरुको बैठक बसेर फेरि छलफल हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?